| शनिबार, बैशाख ८, २०८१

Gorkha Mun गोरखा नगरपालिकामा धेरै सहकारी

धानको बिउमा गोरखा नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदान दिने

गोरखा नगरपालिकाले नगरक्षेत्र भित्रको खेतीयोग्य जमिन बाँझो नराख्ने उद्देश्यले किसानलाई बिउमा अनुदान दिने निर्णय गरेको छ । प्रमुख प्रशासकिय अधिकृत रामकृष्ण अर्यालले बुधवार सार्वजनीक सुचना जारी गर्दै उन्नत धानको बिउमा ५० प्रतिशत अनुदान दिने र लिनका लागि किसानसँग आवेदन मागिएको बताए ।
कोरोना भाईरसको बढ्दो जोखिम र हुन सक्ने खाद्य संकटलाई मध्येनजर गर्दै नगरपालिका भित्रको खेतियोग्य जमिन सबैमा धानखेती लगाउन प्रेरित गर्ने उद्देश्यले अनुदान दिन लागिएको नगरप्रमुख राजनराज पन्तले बताए । अनलाईन फारम भरेर वा वडा कार्यालयमा निवेदन दिएर पनि बिउ आवश्यक परेका किसानले ५० प्रतिशत अनुदानमा लिन सक्ने कृषि शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्