| शनिबार, बैशाख ८, २०८१

गोरखा जेसिजद्वारा नगरपालिका मार्फत खाद्यान्न सहयोग

गोरखा जेसिज गोरखाले गोरखा नगरपालिका मार्फत दैनिक ज्यालादारीबाट गुजारा गर्दै आएकाहरुलाई राहत प्रदान गरेको छ । नगरप्रमुख राजनराज पन्तलाई जेसिज अध्यक्ष सुबास मल्लले २५ बोरा जिरा मसिनो चामल आज हस्तान्तरण गरेका हुन् ।
आर्थिक संकटका कारण खानाको समस्या भएकाहरुको सहजताका लागि राहत दिइएको जेसिज अध्यक्ष सुवास मल्लले बताए । लकडाउनका कारण बिहान बेलुकी छाक टार्न समस्या भएकाहरुको परिवारलाई नगरपालिकाले राहत दिने योजना बनाएको र सहयोग आएको राहत सोही क्रममा बितरण हुने नगरप्रमुख पन्तले बताए । नगरपालिकाले आफखुसी राहत बितरण नगर्न र बितरण गर्न चाहनेलाई नगरपालिका मार्फत दिन अनुरोध गरेको छ । एकद्वार प्रणालीबाट प्रभावकारी बितरण गर्न र दोहोरोपन आउन नदिन यस्तो नीति लिइएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्