| बुधबार, जेष्ठ २१, २०७७

दाना सकिएपछि उत्तरी गोरखाका ब्यवशायीले खच्चडलाई चामल खुवाउन थाले

लगातारको लकडाउनको प्रभावका कारण उत्तरी गोरखामा खच्चढले खाने दाना अभाव भएको छ । खच्चढलाई खुवाउने दाना सकिएको र अहिले चामल किनेर दानाको रुपमा खुवाउनु परेको गुनासो ब्यवशायीले गरेका छन् ।
‘मेरो आठ वटा खच्चड छ, मकै, ढुटो मोलेको दाना थियो, सकियो’ धार्चे गाउँपालिका माछाखोलाका खच्चढ ब्यवशायी गर्भु गुरुङले भने ‘अहिले चामल किनेर खुवाउनुपरेको छ ।’ उत्तरी गोरखाको धार्चे र चुमनुब्री गाउँपालिकामा खाद्यान्न ओसार पोसार गर्ने तीन हजार भन्दाबढि खच्चढ छन् । लकडाउन भएर बजार बन्द भएपछि, आउजाउमा रोक लगाएका कारण खच्चढले ढुवानी गरेको छैन । आरुघाट गाउँपालिकाको सोती, धार्चेको माछाखोलाबाट खच्चढले खाद्यान्न, निर्माण सामग्री ढुवानी गर्ने गर्छ । खच्चढ मात्रै ढुवानीको माध्याम भएको उक्त ठाउँमा स्थानीय बजारमा पनि खाद्यान्न अभाव हुन थालेको छ ।
धार्चे गाउँपालिकाको केन्द्र माछाखोला नजिकै अहिले एक हजारभन्दा बढि खच्चढ एकै ठाउँमा छन् । ब्यवशायीले खच्चढलाई सोना मन्सुली चामल खुवाएका छन् । प्रतिबोरा एक हजार तीन सय ५० पर्ने चामल ५० देखि सय रुपैयाँ महँगो भएको छ । ‘दाना मगाईदिनुप¥यो भन्दै ब्यवशायीले टेलिफोन गर्न थाले’ धार्चे गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले भने ‘कति चाहिन्छ तथ्याङ्क निकाल्न ब्यवशायीलाई भनेको छु, ढुवानी गर्ने ब्यवस्था मिलाउने तयारीमा छौँ ।’ स्थानीय बजारबाट चालम किनेर ब्यवशायीले दानाको रुपमा खुवाएको उनले बताए । ‘खाद्यान्न ढुवानी गर्न रोक नलगाएपनि बजार बन्द छ, स्थानीय बजार सम्म दाना आएको छैन,भएको सकियो’ गाउँपालिका अध्यक्ष गुरुङले भने । खाद्य संस्थानको माछाखोला डिपोबाट चामल किनेर ब्यवशायीले आफुले खाने चामल खच्चढलाई खुवाउन बाध्य भएको बताएका छन् ।
एउटै खच्चढको ६० हजार देखि एक लाख रुपैयाँ पर्छ । उत्तरी गोरखाको ढुवानीको प्रमुख माध्याम खच्चढमा ब्यवशायीले धेरै लगानी गरेका हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्