| बुधबार, चैत्र २६, २०७६

२४ हजार नगद सहित लकडाउनका बेला तास खेल्ने र हेर्ने ११ जना पक्राउ

गोरखा नगरपालिका १० छेवेटारबाट प्रहरीले तास खेल्ने र हेर्ने गरी ११ जनालाई पक्राउ गरेको छ । स्थानीय प्रशासन र सरकारले लकडाउनका बेला मानिस जम्मा नहुन, घर बाहिर ननिस्कन अनुरोध गरिरहेका बेला भेला भएर तास खेल्ने, हेर्ने गरिरहेकाहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी बासुदेव खतिवडाले बताए । ‘एक त जुवा खेल्न पाईँदैन, अर्कोतर्फ सरकारले मानिस भेला नहुनु भनिरहेका बेला जम्मा भएर तास खेल्नु पनि कानुन बिपरित हो’ उनले भने । उनीहरुको साथबाट नगद २४ हजार ५५ रुपैयाँ पनि बरामद भएको छ । उनीहरुलाई कानुनी कारवाही गर्ने तयारी प्रहरीले गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्