| बुधबार, चैत्र २६, २०७६

कोरोना संक्रमणबाट जोगिन घरमै बस्नु बेस

कोरोना भाइरसले नेपालमा दोस्रो व्यक्ति पनि संक्रमित भएको समाचार सार्वजनिक भएपछि आपसमा ‘सामाजिक दुरी’ कायम गर्न र घरमै बस्न सरकारले गरेको अनुरोधलाई आमजनसमुदायले गम्भीरतापूर्वक लिनुपर्ने देखिएको छ।

जनस्वास्थ्यका विज्ञहरू सरकारी अनुरोधलाई आमजनसमुदायले गम्भीर रूपमा नलिएको भन्दै चिन्ता व्यक्त गर्छन्।सरकारले सकेसम्म घरबाट ननिस्कन र सम्भव भएसम्म घरबाटै काम गर्न अनुरोध गरेको छ।कोरोनाको सम्भावित महामारी रोक्न यो सातादेखि सातै प्रदेश र विभिन्न सहर  लकडाउनको स्थितिमा छन्।

 सरकारले पनि विश्व स्वास्थ संगठनका महानिर्देशकका भनाइअनुसार नै आमनागरिकलाई घरमै बस्न र सामाजिक द्ूरी कायम गर्न अनुरोध गरिसकेको छ।‘घरमै बस्नु सबैभन्दा ठ्ूलो सुरक्षा हो,’ सरुवा रोग तथा रोग नियन्त्रण महाशाखाका निर्देशक वासुदेव पाण्डे भन्छन्।सामाजिक द्ूरी कायम गर्नु भनेको रोग नियन्त्रणमा सहयोग पु¥याउनु हो।उनी महमारीको सम्भावित जोखिमबारे राम्रो ज्ञान र प्रचारप्रसार नभएका कारण आमजनसमुदाय बाहिर निस्केको हुन सक्ने तर्क गर्छन्।

यो भाइरसको भयावह संक्रमण रोक्न समयमै रोगको परीक्षण गर्नुपर्नेमा उनको जोड छ।तर नेपालमा यो भाइरसको काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र परीक्षण हुन्छ।सोमबारसम्म ६ सय व्यक्तिको परीक्षण भएकोमा पाँच सय ९८ मा यो भाइरस नभएको भेटिएको छ भने हालसम्म दुईजनामा यो संक्रमण रहेको र एकजनालाई निको भइसकेको छ।‘नेपालले दक्षिण कोरियाले जस्तै व्यापक स्तरमा समुदायमा गएर परीक्षण गर्न आवश्यक छ,’ डा. सुवेदी भन्छन्।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक रुना झा हाल १५ सयजनालाई परीक्षण गर्न सक्ने टेस्ट किट प्रयोगशालासँग रहेको बताइन््।उनले छिट्टै चीनसँग एक लाख टेस्ट किट लिन लागेको पनि जानकारी दिइन्।

प्रतिक्रिया दिनुहोस्