| शनिबार, बैशाख ८, २०८१

गुडफ्राइडेका लागि उपयुक्त गोरखाको सुन्दर नम्की गाउँ

 

अजीरकोट गाउँपालिका वडा नं. ३, ४ र ५ को संगममा रहेको गोरखाको पर्यटकीय गाउँ नम्की । समुद्री सतहदेखि २२०० मिटर उचाइमा रहेको यहाँ बाह्रै महिना सितल हावापानी पाइन्छ ।


यहाँबाट सिरानडाँडा, दूधपोखरी, नारदपोखरी, नागेपोखरी, बारपाक हुदै रुपिङ्ला पाससम्म पदयात्रा गर्न सकिन्छ । यहाँसम्म हाल सडक कालोपत्रे गर्ने काम भइरहेको छ ।

सडक कालोपत्रे भएपछि पृथ्वीराजमार्गको आँबुखैरेनीबाट दुई घण्टामा पुग्न सकिन्छ ।

पर्यटकहरुको आवागमन बढ्न थालेपछि यहाँका २० वटा घरमा होमस्टे सञ्चालनमा छ । चितवन लगायतका गर्मी ठाउँबाट नम्कीको होमस्टेमा गुड फ्राइडे मनाउन यहाँको होमस्टेमा जाने क्रम बढ्न थालेको स्थानीय होमस्टे सञ्चालकहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्