| मङ्लबार, कार्तिक २६, २०७६

भिमसेनथापा गाउँपालिकामा निजि आवास पुनर्निर्माण सम्पन्न गर्नेलाई पुनर्निर्माण सम्पन्नता प्रमाणपत्र वितरण

भिमसेनथापा गाउँपालिकाले निजि आवास पुनर्निर्माण सम्पन्न गर्ने भूकम्पपीडितलाई पुनर्निर्माण सम्पन्नता प्रमाणपत्र वितरण गरेको छ । विभिन्न वडाका ५२ घरधनीलाई सम्पन्नता प्रमाणपत्र वितरण गरिएको हो । गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष इश्वर पाण्डे र उपाध्यक्ष विनु वाग्लेले सम्बन्धीत घरधनीलाई सम्पन्नता प्रमाणपत्र वितरण गरेका हुन् । भूकम्प प्रतिरोधी र सुरक्षीत घर बनेको प्राविधिकको निगरानी र सिफारीसका आधारमा प्रमाणपत्र वितरण गरिएको हो । वडा नं १ का १० घर, वडा नं २ का ५ घर, वडा नं ३ का चार घर, वडा नं ४ का पाच घर र वडा नं ५ का नौ घरलाई प्रमाणपत्र दिईएको हो । यस्तै, वडा नं ६ का नौ घर, वडा नं ७ का चार घर र वडा नं ८ का छ घरलाई प्रमाणपत्र वितरण गरिएको भिमसेन थापा गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्