| शुक्रबार, अशोज ३, २०७६

जनयुद्धका शहिदको सम्झनामा स्मृतिसभा सम्पन्न

१० वर्षे जनयुद्धका क्रममा शहादत प्राप्त गरेका ३ शहिदहरुको स्मृतिमा नेपाल कम्युनिष्ट पार्टी नेकपा गोरखाले स्मृतिसभा गरेको छ ।
तत्कालीन नेकपा माओवादीले गरेको जनयुद्धका क्रममा शहादत प्राप्त गरेका सुरेश वाग्ले, भिमसेन पोखरेल र विजय खनालको स्मृतिमा कार्यक्रम गरिएको हो । शहिद वाग्ले र पोखरेललाई २०५६ भदौ २३ गते गाँखुमा तत्कालीन प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेको थियो भने खनालले २०५९ भदौ २३ गते अर्घाखाँचीमा शहादत प्राप्त गरेको नेकपाले जनाएको छ ।
नेकपाको जिल्ला पार्टी कार्यालय पाटेचौरमा भएको कार्यक्रमका वक्ताहरुले शहिदको सपना पूरा गर्नका लागि समाजवादसम्मको यात्रा जरुरी रहेको बताएका छन् । बर्तमान सरकार समाजवादको यात्रामा अघि बढिरहेको भन्दै उनीहरुले शहिदको बलिदानीलाई खेर जान नदिने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
नेकपाका जिल्ला अध्यक्ष लेखबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला इन्चार्ज कृष्ण धिताल, सहइन्चार्जहरु अमर तमू, सुशिला सिंखडा, नेकपा प्रदेश कमिटि सदस्य बाबुराम थापाले मन्तब्य ब्यक्त गरेका थिए । यस्तै शहिद सुरेश वाग्ले बासु स्मृति प्रतिष्ठानले उनको जन्मस्थल आँपपिपलमा स्मृति सभा गरेको छ ।
कार्यक्रममा संघीय साँसद हरिराम अधिकारी, गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्