| शुक्रबार, बैशाख १४, २०८१

मुस्लिम समुदायको दोस्रो ठूलो चाड बकर इद मनाउन सुरु

गोरखाका मुस्लिम धर्मावलम्बीले महान् पर्व बकर इद मनाउन सुरु गरेका छन् । तिनदिन मनाईने यो चाडको आज पहिलो दिन हो । आज जिल्लाको विभिन्न ठाउँमा रहेको मस्जिदमा भेला भएर उनिहरुले सामुहिक नमाज पढेका छन् । यस दिन मुस्लिम धर्मावलम्बी हरू बिहानै स्नान गरी नजीकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहेको गोरखा नगरपालिका वडा नं २ का अध्यक्ष रहमतुल्ला मियाँले जानकारी दिए । सामुहिक नमाजपछि आफन्त इष्टमित्रबीच अगांलो मारेर शुभकामना साटासाट गरी घरमा गएपछि कुर्वान (बलि) दिने चलन रहेको उनको भनाई छ । बलि दिएको खसीको मासुलाई तीन भाग लगाई एक भाग परिवारले भोजन गर्ने, एक भाग पाहुनालाई दिने र एक भाग गरीब एवं दीन दुःखीलाई बाँड्ने चलन छ । हिजरी संवत् अनुसार १४३५ वर्षपहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मुस्लिम समुदायले बताएका छन् । आफन्त इष्टमित्र लाई घरमा बोलाएर सामुहिक भोज गर्दै यो चाड बुधबारसम्म मनाइन्छ ।

प्रतिक्रिया दिनुहोस्