
धार्चेको ४५ करोड ५१ लाखको बजेट पारित
धार्चे गाउँपालिकाले आगामि आर्थिक वर्ष २०८१÷०८२ मा विभिन्न कार्यक्रम सञ्चालन गर्न ४५ करोड ५१ लाख ९ हजार बजेट पारित गरेको छ ।
गाउँसभामा पालिकाकी उपाध्यक्ष सुनिला गुरुङले प्रस्तुत गरेको सो बजेट वराबरको नीति तथा कार्यक्रम विस्तृत छलफलपछि हालै पारित भएको हो । संघीय सरकारबाट ३७ करोड १९ लाख र प्रदेश सरकारबाट ७ करोड ८ लाख बजेट प्राप्त हुने अनुमान पालिकाको छ ।
संघीय सरकारको राजश्व बाँडफाँड वापत ९ करोड, सशर्त अनुदानतर्फ चालु तर्फ १४ करोड ४४ लाख ७ हजार, पुँजीगततर्फ १० लाख रकम प्राप्त हुने गुरुङले बताइन् । ७ करोड ३३ लाख समानिकरण अनुदानतर्फ, २ करोड १५ लाख बिशेष अनुदान र १ करोड ५० लाख समपुरक अनुदान संघीय सरकारबाट प्राप्त हुने उनले प्रस्तुत गरेको बजेट वक्तव्यमा उल्लेख छ ।
प्रदेश सरकार मार्फत वित्तीय समानिकरणतर्फ १ करोड १० लाख ९१ हजार, समपुरक अनुदानतर्फ ६० लाख र बिशेष अनुदानतर्फ ४० लाख प्राप्त हुने अनुमान गरिएको छ । प्रदेश सरकार अन्तरगत राजश्वतर्फ ९८ लाख ११ हजार रकम आउने अनुमान गरिएको उपाध्यक्ष सुनिला गुरुङले जानकारी दिइन् ।
६० लाख आन्तरिक राजश्व संकलन गर्ने लक्ष्य पालिकाको बजेटले राखेको छ । आर्थिक वर्ष २०८०÷८१ को करिब ४ करोड रुपैँया बाँकी रहेको पालिकाले जनाएको छ । आगामि आर्थिक वर्ष पालिकाले प्रशासनिक खर्च तर्फ ९ करोड खर्च हुने अनुमान गरेको छ ।
आर्थिक बिकास तर्फ २ करोड ९७ लाख ५८ हजार छुट्याइएको छ । सामाजिक बिकास क्षेत्रतर्फ २३ करोड ५१ लाख ५१ हजार, पूर्वाधार क्षेत्रतर्फ ८ करोड ३१ लाख, वन वातावरण तथा विपद व्यवस्थापन तर्फ १ करोड ३६ लाख ५० हजार छुट्याइएको छ ।
त्यस्तै संस्थागत बिकास तथा सुशासन क्षेत्रका लागि ९ करोड ३४ लाख ५० विनियोजन गरिएको छ । वडा स्तरीय योजना तथा कार्यक्रमका लागी ४ करोड १० लाख विनियोजन भएको पालिकाले जनाएको छ ।