| बिहिबार, बैशाख ६, २०८१

राष्ट्र बैंकमा नयाँ गर्भनर

सरकारले नेपाल राष्ट्र बैंकका गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नियुक्त गरेको हो । अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले नयाँ गभर्नरका लागि अधिकारीसहित डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र डा. राजन खनालको नाम सिफारिस गरेको थियो । गभर्नर नियुक्त अधिकारी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत थिए ।

प्रतिक्रिया दिनुहोस्