| शनिबार, कार्तिक २, २०७६

गोरखाको वित्तीय अवस्थाबारे एक चर्चा

 

केशव रेग्मी :

मानवीय विकास क्रम सँगै शुरु भएको जीविकाको लागि आर्थिक लेनदेनको क्रम नेपालको एकिकरण सँगै बढ्दै गयो । राम शाहले न्याय नपाए गोरखा जानू भनेर उनले माना पाथि लगायतका मापन प्रक्रियाको चलन चलाए । पहिले मानिसहरु आफ्नो आवश्यकता अनुसार सामान साटासाट गरेर आफ्नो आवश्यकता पुरा गर्दथे । गोरखामा गाउँ गाउँबाट आफ्नो उत्पादित सामान बजारसम्म ल्याएर सामान साटेर लैजाने गर्दथे । विकासको क्रम सँगै नगदको उपलब्धता बढ्न थाल्यो ।
सिक्का पैसाका सट्टामा कागजी मुद्रा प्रचलनमा आउन थाल्यो । यसले मानिसहरुलाई सामान ओसार पसार गर्न सहज हँुदै गयो । विशेष गरी गोरखा जिल्लामा विभिन्न माध्यमवाट आम्दानी गरेको नगदलाई आफ्नो आबश्यकता पूर्तिमा प्रयोग गर्न थाले । यसरी नगद आर्जन गर्नेहरुमा देश विदेशक लाहरेु ेहरु, शिक्षकहरु, कर्मचारी, भारत गएर कमाएर आउनेहरु नै थिए । तिनीहरुले ल्याएका बहुमूल्य गरगहना सुन चाँदी धितो स्वरुप राखी साहूहरुले पैसा दिने गर्दथे । गोरखाको र्र्आिर्थक विकासमा यस्ता अनैपचारिक आर्थिक प्रक्रिया लामो समय चल्यो ।सरकारी कारोवार र सीमित अन्य आर्थिक कारोवारको लागि खुलेका सरकारी स्वामित्वका नेपाल बैंक र राष्टिूय वाणिज्य बैंक द्वन्दका कारण गाउँ गाउँबाट विस्थापित भए पछि विकासमा स्थानीय तह अझ पछाडि परे । बैंकको उपस्थितिमा बढेको चहलपहल बन्द भयो । अहिले सम्म पनि विस्थापित ती बैंक स्थानीय निकायमा फर्कन सकेका छैनन् । पछिल्लो राजनैतिक परिवर्तन सँगै गोरखा जिल्लामा बैंक तथा वित्तीय संस्थाको उपस्थितिले आर्थिक चहलपहल विस्तारै बढ्दै गएको छ । विगत एक दशकमा यसले धेरै आर्थिक परिवर्तन ल्याउन सकेको छ । २०६४ साल पछि सवै वर्गका (क,ख,ग,घ) स्थापित बैंक वित्तीय संस्था र सहकारीहरुको उपस्थितिले गोरखामा स(साना देखि ठूला व्यवसायसम्म फस्टाएका छन् । हिजो कर्जा लिएर तिर्न पर्दैन भन्ने मनसायकाहरु आज बैंकमा जम्मा भएको पैसा हाम्रो हो लिएका कर्जा सही सदुपयोग गरेर फिर्ता गर्नु पर्दछ भन्ने वुझेका छन् । नेपाल राष्टू बैंकको नियम अनुसार स्वीकृत दिएका क्षेत्र जस्तो ब्यापार ब्यवसाय, स(साना उद्योग सवारी साधन कृषि पर्यटन क्षेत्र आदिमा लगानी गर्दा यहाँको चहलपहलमा वृद्धि भएको छ ।
यहाँ जम्मा भएको निक्षेप लगानी हुँदै गर्दा यहाँका मानिसहरुको वित्तीय आवश्यकताको आकांक्षा बढ्दै गएको छ । विगतमा सानो सानो रकमको कर्जा माग हुने गरेपनि अहिले करोडौंको माग हुन थालेको छ । तथापि यहाँको भौगालिक अवस्था पहाडि राजमार्गको मापदण्डको कारणले गर्दा धितो योग्य जमीन कम हुँदा केही असहजता रहेको छ । बैंक तथा वित्तीय संस्थाको बाक्लो उपस्थितिले रोजगारी सृजना, सरकारी राजश्वमा वृद्धि, सर्वसाधारणमा बैंकिङ्ग पहँुच आदि बढेको छ । अहिले गोरखा जिल्लाका सबै स्थानीय निकायमा बैंकको स्थापना भइसकेकोले आगामी बर्षहरुमा आर्थिक कारोवारले अझै तीव्रता पाउने छ ।
यहाँका स्थानीय उत्पादन जस्तो तरकारी, अदुवा, अलैची अन्य खाद्यान्नलाई बजारसम्म पु¥याउन नियमित यातायातको सेवा हुन सकेमा जिल्लाका अधिकांश क्षेत्रले विकासमा कोल्टे फेर्ने थियो । काठमाडौं, पोखरा, चितवन जस्ता देशकै ठूला बजारको नजिकै रहेर पनि त्यसवाट फाइदा लिन सकेका छैनन् ।
किसानले बजार र बजारसम्म पु¥याउने निश्चिताको अभावमा दीर्घकालीन लगानी गर्न सकिरहेका छैनन् । त्यस्तै देश विदेशका प्राकृतिक र मानव निर्मित दृश्य अवलोकन गर्न आज लाखौं पर्यटक भौतारिरहेका हुन्छन् । ती पर्यटकलाई यस ऐतिहसिक थलोमा घुमाउन सकेमा पनि जिल्लाको आर्थिक कारोवारमा टेवा पुग्ने थियो । नेपालको प्रसिद्ध तीर्थस्थल मनकामना आउने पर्यटक मध्ये थोरैलाई मात्र गोरखा भित्र्याउन सकेमा पनि गोरखामा पर्यटकीय चहलपहल वढ्न सक्छ । मनकामना मन्दिर र गोरखा कालिका गोरखनाथ मन्दिरलाई पदमार्ग मार्फत जोड्न सकेमा त्यस आसपासमा पर्यटन क्षेत्रमा लगानी वढ्न सक्छ । प्रचार प्रसारको अभावले यी ठाँउहरुमा पर्यटक पुग्न सकिरहेका छैनन् । छिमेकी जिल्लाको बन्दिपुरलाई प्राकृतिक सुन्दरता मानेर आउने तर आन्तरिक र बाह्य पर्यटक गोरखामा किन आउँदैनन् ? त्यसका लागि उनीहरुलाई राम्रो ब्यवहार, होटलको ब्यवस्था, घुम्ने ठाउँ सरसफाइ, सहजता आदिमा ध्यान दिन सकेमा आगामी पर्यटन वर्ष २०२० को अवसरमा यी ठाउँ लगायत हाम्रा स्थानीय कला संस्कृति मार्फत धेरै पर्यटक गोरखामा भित्र्याउन यहाँका व्यवसायिक संगठनहरु, स्थानीय निकायहरु, जिल्ला प्रशासन लगायतका विकासे अड्डाहरुले पहल गर्नु पर्दछ । भारतको दार्जीलिङ र सिक्किम जाने नेपाली पर्यटकहलाई समान संस्कृति र भेषभुषा भएकोले उक्त पर्यटकहरुलाई गोरखातिर पनि घुमाउन सक्नु पर्दछ । यहाँका वित्तीय संस्थाहरु पर्यटकलाई चाहिने आधारभूत संरचना निर्माण लगायतका अन्य आधारभूत कुराहरुमा लगानी गर्न खोजिरहेका छन् । राज्यमा स्थापना भएका सबैजसो बैंक वित्तीय संस्थाको उपस्थिति गोरखामा रहेको छ । यी बैंकहरुको लगानी भनेको पर्यटन केन्द्रित लगानी नै हो ।
अन्त्यमा, यदि आगामी ५ वर्षमा शान्ति सुरक्षा लगायतका कुराहरु सुधार हँुदै गएमा जिल्लामा सवैको बैकमा खाता हुनेछ र बैंकिङ्ग पहुँच पुग्नेछ । जिल्लाको आर्थिक क्षेत्रमा वृद्धि गर्नको लागि लामो समय देखि अलमलमा रहेको गोरखा आँवुखैरेनी राजमार्गको मापदण्ड चाडै टुङ्गिनु पर्दछ । यसै गरी गोरखा सदरमुकामलाई गोरखाका अन्य वजार जस्तो आरुघाट, भच्चेक, पालुङटार, वारपाक लगायतको क्षेत्रसँग सिधै जोड्नु पर्दछ । विस्थापित बूढीगण्डकी डुवान वासीलाई जिल्लामा अन्यत्र स्थापित गर्नु पर्दछ र अविलम्व आयोजना शुरु हुनु पर्दछ । त्यसै गरी वन्द रहेको गोरखकाली टायर उद्योग लगायत जिल्लामा स्थपना गर्ने भनी घोषणा भएका औद्योगिक क्षेत्र अविलम्ब सञ्चालन हुनु पर्दछ ।
साभार ः गोरखा चेम्बर अफ कमर्सको स्मारीका ।

प्रतिक्रिया दिनुहोस्