| मङ्लबार, बैशाख ४, २०८१

दशैं सस्तो मेलाका बिषयमा छलफल, अबरोध नगर्ने बिषयमा समझदारी

गोरखा चेम्वर अफ कमर्शले गर्न लागेको दशै सस्तो मेलाका विषयमा गोरखा उद्योग वाणिज्य संघले बिरोध गरेपछि सर्वपक्षीय बैठक भएको छ । हरमटारी खेलकुद मैदानमा असोज ८ गतेदेखि हुन लागेको मेलाका बिषयमा जिल्ला प्रशासन कार्यालयमा शुक्रबार छलफल भएको हो ।

बैठकमा स्थानीय ब्यवसायीलाई मेलामा प्राथमिकता दिनुपर्ने, ब्यापारी निरुत्साहित नहुने गरी स्टल बिक्री गर्नुपर्ने, प्यान वा भ्याटमा दर्ता भएको व्यापारीलाई मात्र स्टल दिनुपर्ने, मेला प्रवेश शुल्क न्यूनतम हुनुपर्ने, मेलाको नाफाको निश्चित प्रतिशत रकम खेलकुद मैदान मर्मतमा खर्च गर्नुपर्ने लगायत विषय उठेको प्रशासनका सूचना अधिकारी गौतम भण्डारीले जानकारी दिए । मेलाको अनुगमनका लागि राजनीतिक दल, स्थानीय सरकार, प्रशासन, प्रहरी, उपभोक्ता लगायतको सहभागिता रहने गरी संयन्त्र निर्माण गर्ने समझदारी भएको छ ।

” गोरखा उद्योग वाणिज्य संघका पदाधिकारीहरुले सस्तो मेलामा गोरखा बजारका ब्यवसायीले बिक्री गर्दै आएका कुनै पनि सामग्री बिक्री गर्न नहुने सर्त अघि सारेका थिए । चेम्बरका पदाधिकारीहरुले भने उक्त शर्त मान्न नसकिने बताएका थिए ।”

औपचारिक निर्णय नभएपनि छलफलमा सहभागी अधिकांशले अन्तिम तयारीमा रहेको मेलामा अवरोध सिर्जना गर्न नहुने धारणा राखेका थिए । गोरखा उद्योग वाणिज्य संघका पदाधिकारीहरुले भने थप अर्को शर्त पनि राखेकाले ठोस निर्णय भने नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

गोरखा उद्योग वाणिज्य संघका पदाधिकारीहरुले सस्तो मेलामा गोरखा बजारका ब्यवसायीले बिक्री गर्दै आएका कुनै पनि सामग्री बिक्री गर्न नहुने सर्त अघि सारेका थिए । चेम्बरका पदाधिकारीहरुले भने उक्त शर्त मान्न नसकिने बताएका थिए ।
स्थानीय ब्यवसायीका लागि सहुलियत शुल्कमा स्टल उपलब्ध गराउने निर्णय भैसकेको चेम्वरका अध्यक्ष भाईचन्द्र श्रेष्ठले बताए ।

बैठकमा प्र्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछाने, नेपाल कम्युनिष्ट पार्टी नेकपाका सम्झना देवकोटा, कृष्ण राना, नेपाली काँग्रेसका नारायण लामिछाने, समाजवादी पार्टी नेपालका सुकदेव तामाङ, गोरखा चेम्वर र उद्योग वाणिज्य संघका पदाधिकारी, सुरक्षा निकायका प्र्रमुख लगायतको सहभागीता थियो ।

प्रतिक्रिया दिनुहोस्