| शुक्रबार, अशोज ३, २०७६

छेपेटारमा प्रभु बैंकको शाखा विस्तार

 

प्रभु बैंक लिमिटेडले गोरखा नगरपालिका वडा नं. १० छेपेटारमा शाखा विस्तार गरेको छ ।

१९४औं शाखाको रुपमा छेपेटारमा स्थापना गरिएको कार्यालयको गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले उद्घाटन गरे ।

सो क्षेत्रका ग्राहकहरुलाई सरल र सहज तरिकाले बैकिङ्ग सेवा उपलब्ध गराउने बैंकका गण्डकी प्रदेश प्रमुख शान्ति शेरचनले बताए ।

कार्यक्रममा बैंकका सोही शाखाका शाखा प्रबन्धक सन्तोष अर्याल, बैंकका गण्डकी प्रदेशका प्रदेश अधिकृत राजु राना लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्