| शुक्रबार, बैशाख ७, २०८१

‘बजेट परिचालनमा नागरिकको निगरानी र खबरदारी जरुरी’

सुशासन कायम गराउन नागरिक समाजको भूमिका बलियो हुनुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवाकेन्द्र इन्सेक र मानव अधिकार सञ्जालको आयोजनामा साउन २९ गते गोरखा सदरमुकाममा भएको नागरिक समाज र स्थानीय सरकार बीचको सहकार्यका अवसर र चुनौति बिषयक छलफल कार्यक्रमका सहभागीहरुले जिल्लाका ११ वटै स्थानीय तहले गरेका गतिविधिमा नागरिक समाज चनाखो हुनुपर्नेमा जोड दिए ।
‘सदरमुकाम केन्द्रित भएर भन्दा पनि ११ वटै स्थानीय तहका विकासका गतिविधिमा नागरिक चनाखो बन्नुपर्छ,’ पत्रकार महासंघका अध्यक्ष किशोरजंग थापाले भने, ‘नागरिकमैत्री काम भए भएनन्, आवश्यकता अनुसार काम भए नभएको, बजेट कसरी परिचालन भएका छन्, नागरिकको खवरदारी जरुरी छ ।’ स्थानीय तह आफैले पनि नागरिक समाजलाई जागरुक बनाउनुपर्ने उनको भनाइ छ ।
नागरिक समाजले नकरात्मक विषय मात्र उठान गर्छन भन्ने भावनाबाट स्थानीय तहका प्रमुख तथा कर्मचारी माथि उठ्नु पर्ने सहभागीको भनाइ छ । नागरिक समाजलाई सहयोगीका रुपमा बुझ्नुपर्ने गैसस महासंघका सचिव हरि देवकोटाले बताए । जनप्रतिनिधिले नागरिक समाजसँग सहकार्य गरेर अघि बढ्दा पारदर्शितामा प्रश्न नउठ्ने गोरखा नगरपालिका(६ का वडा अध्यक्ष नारायाण अर्यालले बताए । नागरिक समाजलाई नकरात्मक कुरा मात्र उठाउनुपर्छ भन्ने भावना नराख्न गोरखा नगरपालिकाका मेयर राजन राज पन्तले आग्रह गरे । ‘तीन तहको सरकारमा सवैभन्दा बढि प्रेसर नगरपालिका र गाउ पालिकालाई छ,’ उनलेभने,‘जनताको अपेक्षा पनि हामीलाई नै छ, प्रदेश र संघीय सरकारले स्थानीय तह संग समन्वय गरेका छन् कि छैनन् त्यसतर्फ पनि नागरिक समाजले ध्यान पु¥याउनुप¥यो, स्थानीय तहले आफ्नो अधिकार नाघ्यो भने पनि नागरिक समाज बोलिदिनुप¥यो, स्थानीय तहलाई हस्ताक्षेप भएपनि अवाज उठाइदिनुप¥यो ।’ नगरपालिका नागरिक समाजसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको उनले प्रतिवद्घता जनाए । विकासात्मक गतिविधि भएका ठाउँमा होर्डिङबोर्ड राख्न नागरिक स्तरबाटै माग भएको उनले बताए । ‘वजेट, योजनाको नाम, सम्झौता मिति सहितको होडिङबोर्ड राख्न भनिसकेका छौँ’, उनले भने । सामाजिक सुरक्षा वितरणमा सहज बनाउने पनि उनले बताए । शुसासनको नीति निर्माण भइसकेको र राजपत्रमा प्रकाशितको चरणमा रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्