| मङ्लबार, भदौ ३, २०७६

गोरखाको दर्बुङमा एनसियलको टावरमा आगजनी

चैत १६, गोरखा ः गोरखाको गण्डकी गाउँपालिका ५ दर्बुङको गैरीगाउँमा रहेको एनसियलको टेलिफोन टावरमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी प्रकाश अधिकारीले जानकारी दिए । आगो कस्ले लगाएको भन्ने एकिन भएको छैन । घटनाबारे प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको उनले बताए । घटना विप्लप नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले गरेको अनुमान लगाइएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्