| शनिबार, बैशाख ८, २०८१

ऐतिहासिक आरुकोट र आरुदरबारको सेरोफेरो

चौबीसे राज्य अन्र्तगत गोरखा जिल्ला पर्दथ्यो । यस जिल्ला त्रिवेणी भगवतीको मन्दिरदेखि उच्च हिमशिखर मनास्लुसम्म रहेको छ । उत्तरी क्षेत्रमा बुद्ध धर्म पूर्ण रुपमा पालन गरेको देखिन्छ भने सिर्दिबास तल हिन्दु र बुद्ध धर्म ऐतिहासिक रुपमा मानेको देखिन्छ । सिर्दिबासमा चिराङजोङ कोट ऐतिहासिक रुपमा फेला परेको छ । त्यसदेखि तल ३६ भन्दा बढी कोटहरु भए पनि पुरातत्व विभागले प्रमाणित गरेको देखिदैन् । आरुघाट गाँउपालिका साविक आरुपोखरीमा रहेका ऐतिहासिक, पुरातात्विक धार्मिक सम्पदाहरुलाई निम्न अनुसार चिनाउने प्रयास गरिएको छ ।

आरूकोट

गोरखाको आरूपोखरी गा.वि.मा आरूकोट छ । यस कोटमा शीतलामाईको मन्दिर छ । यो मन्दिर कालिकाको ठाइली वैनीका नामले पनि चिनिन्छ । छाना नभएको भीमसेनको फेदमुनि मन्दिर छ । छानो हाल्दा देवीले सपनामा खुलाराख्नु भनेकीले छानो राखिएन भनिन्छ । वडा दशैंमा २०० मिटर तल पूजा गरिन्छ । आरूकोटको तल आरूपोखरीमा १४१७ को चाँदीको घडा माहिला साहेव लेखिएको फेलापरेको छ। यस कोटमा गोरखकाली माईको जस्तै पूजा हुन्छ । त्यहाँ अधिकारीको मौलो, सुरखेतीको लौरो भनेर उखान चर्चित छ ।

शीतलामाई

साविक आरुपोखरी गा.वि.स. मा रहेको यस मन्दिरलाई कालिकाको रुपमा मानिन्छ । अग्लो ठाउँमा रहेको यस मन्दिरबाट मनकामना, गोरखकाली, चन्द्रगिरि स्पष्ट रुपमा देखिन्छ । यो ठाउँ आरुकोट भन्दा माथिल्लो डाँडामा रहेको छ । शीतलामाईको मन्दिरको छानो छाइएको छैन (गणेश अधिकारी) ।

१७ औ शताव्दीमा शाह वंशीय रजौटा (माइला साहेब) को पाँचकुवा देउराली, आरूआरवाँङ्ग, थुमी, आरूचनौटे, आरूपोखरी र तान्द्राङ्गको कर उठाउने जग्गा जमीनको हेरचाह गर्ने दरवार थियो । पछि विर्ता उन्मुलन भएपछि शीतलादेवी माइको नाममा जग्गा हस्तान्तरण गरियो । दरवारको नाममा उच्च मा.वि. चलेको छ । दरवार भन्दा १५० मिटर टाढा मानेपानीको पानी भन्दा एक तोला कम भएको पानी छ रे त्यो पानी राजाले डुँड वनाएर दरवारमा लगेका थिए भनिन्छ । यो दरवार २०१९ सालमा भत्कियो जुन ५२ भm्यालको झिंगटीले छाएको तीन तले थियो भनिन्छ । हाल त्यहाँ माइला साहेव लेखिएको अंखोरा फेला परेको छ त्यसलाई पुरातत्व विभागमा बुझाइएको छ, (गगन अधिकारी, ठाकुर खनाल, ईश्वर अधिकारी र निधि तिमल्सिना) । आरु दरबारको नामबाट विद्यालयको नाम दरबार मा.वि. भनेर राखिएको छ ।

आरुपोखरी

यो ऐतिहासिक पोखरीमा वर्षको १ दिन १ घण्टा मात्र पानीको मूल फुट्ने गर्दथ्यो । २०७२ को भूकम्पपछि मूल फुटेको छैन । पोखरीको लम्बाई १५० मि. र चौडाई ८० मि. भन्दा लामो छ । पोखरीको छेउमा दुईतिर ठूला ढुङ्गा छन् । पूर्व तर्फको ढुङ्गा पानीले नाग्यो भने अनिकाल हुन्छ भन्ने र उत्तरतर्फको ढुङ्गो नागेमा सहकाल हुन्छ भन्ने धारणा पाइन्छ । यस पोखरीमा ठूलो पधेँराको पानीलाई बाँसको दुईवटा डुँड बनाई दुईवटा धारा पोखरीको दुवैतिरबाट झारिएको थियो । हाल पाएप पानी झाएिको छ । दायाँतिर दुईवटा ठूला रुख छन् त्यहाँ ५ वटा देवताको मसिया, महादेव, नागदेवता, बराहा, ५ कन्या आदिको स्थान छ । आरुपोखरी वरिपरि माथिल्लो पोखरी भैंसी पोखरी बलौटे पोखरी, जोगी पोखरी आदि रमणीय रुपमा रहेका छन् । यसको सेरोफेरोमा बालकन्याको मन्दिर, पाँचकन्या स्थान र महादेवको स्थान पानी नपर्दा पूजा गर्ने गरिन्छ । ४ गाउँको बीचमा पानीको ऐतिहासिक धारो छ । त्यहाँ हालसम्म पनि पानी खाने तिरतिरे धारो माया लाउने गैरीको चौतारो भन्ने गीत अभैm पनि प्रसिद्ध छ ।
श्रोत ः गगन अधिकारी, ठाकुर खनाल, ईश्वर अधिकारी र निधि तिमल्सिना

गैरीथुम

भीमसेनले यज्ञ गरेको ठाउँलाई गैरीथुम डाँडो भनिन्छ । आरूटारमा यज्ञ गर्दा चनौटेलाई सुरो वनाए त्यो चरू नै डाँडो भयो भन्ने किंवदन्ती छ । आरुपोखरी, आरुआरबाङ्ग, आरुचनौटे, तान्द्राङ्ग आदिको तिरो उठाउने काम आरुदरबारबाट गरिन्थ्यो । विर्ता उन्मूलन भएपछि यो क्रम बन्द भएको हो । यस्ता ऐतिहासिक, पुरातात्विक महत्वलाई गाउँ पालिकाले संरक्षण गरेर धार्मिक, ऐतिहासिक, पर्यटकीय रुपबाट यी ठाउँहरुको प्रचारप्रसार गर्न सकेमा त्यस क्षेत्रका बासिन्दा सबैको कल्याण हुने थियो । (लेखक गोरखा क्याम्पसका उप प्राध्यापक हुन् )

प्रतिक्रिया दिनुहोस्