| शुक्रबार, जेष्ठ २३, २०७७

विश्वमा कोरोना भाईरसले निम्त्यायको समस्या र नेपालले अपनाउन सक्ने बिकल्पहरु

 

बद्री मास्के, गोरखा :

१. विश्वमा कोरोना भाईरसको प्रभावः
अहिले विश्वका बहुसंख्यक देशहरु कोरोना भाईरसविरुद्ध जुधिरहेको अवस्था छ । कोरोना भाईरस नितान्त नयाँ र भिन्न प्रकृतिले फैलिने हुँदा जनमानस डराउनु परेको परिस्थिति छ ।
कोरोना भाईरस कसरी उत्पत्ति भयो ? कहिले सम्ममा नियन्त्रण हुन्छ ? र यसको औषधी र भ्याक्सीन केहो ? भन्ने विषयमा अहिलेसम्म विश्व समुदाय अनभिज्ञ छन । तर, केहि विज्ञहरुको भनाई छ, यो भाईरस सन २०२४ सम्म रहन्छ । यसलाई नियन्त्रण गर्न चारवर्ष लाग्ने आशंका गरेका छन ।
कोरोनाको प्रकृति हेर्दा सहज तरिकावाट नियन्त्रण हुने संकेत देखिएको छैन । संक्रमण फैलिन रोक्ने सहज तरिका लकडाउन हो । तर, जनतालाई सँधै घरमा थुनेर राख्न पनि साध्य चल्दैन । कतिपय मानिसहरु खान नपाएर मृत्यू वरण गर्न थालेका छन । विश्वको हरेक क्षेत्र अस्तव्यस्त हुँदैछ । दिनानुदिन उद्योगधन्दा नाजुक हुँदै गईरहेकोछ । यो अवस्थामा जनमानसहरुलाई कोरोना रोगले भन्दा शोकले सताउन थालेको छ । यसैले सरकारको आदेश उलंघन गरी विरोध जनाउन सक्ने संभावना पनि बढेर गएकोछ । तसर्थ, कोरोना भाईरस रोकथामको बारेमा व्यापक जानाकारी गराई र वाह्य नाकाहरु बन्दगरी लकडाउन खुकुलो गर्नुपर्ने अवस्था देखिन्छ ।

२. कोरोनाले निम्त्यायको आर्थिक मन्दी ः
नेपालको स्थिति ७० देखि ८० लाख यूवाहरु विदेशमा छन । त्यहि विदेशमा बस्ने यूवाहरुले पठाएको रेमिट्यान्सले विश्वको ३०–५० प्रतिशत अर्थतन्त्र धानिएको थियो । कोरोना भाईरसको संक्रमणले कुनै देश अछुतो छैन । देश विदेशका उद्योगहरु बैंकको ऋण तिर्न नसकेर बन्द हुने अवस्थामा पुग्ने देखिन्छ । बैंकहरु ऋण डुबेर तहसनहस हुने अवस्था देखिन्छ । वैदेशिक रोजगारमा जाने यूवाहरु धमाधम फर्कन आतुर छन । यसले गर्दा रेमिटेन्स करिव ठप्प हुनेछ । अर्कोतर्फ फर्केर आएका यूवाहरुले गर्दा वेरोजगार अरु बढ्नेछ । बैंकहरु ऋण दिन सक्ने अवस्था नाजुक बन्नेछ । त्यसपछि वेरोजगारीको समस्या झनै जटिल बन्दैजाने देखिन्छ ।

३. कोरोनाको कारण हुने बेरोजगारः
अहिलेसम्म विदेश जानेको संख्या घटेको थिएन । कोरोना भाईरसका कारण सबै देशको आर्थिक स्थिति तहसनहस छन । उद्योगधन्दाहरु बन्द हुने स्थितिमा छन । कतिपय देशले नेपाली यूवाहरुलाई घर फर्कन भनिसकेका छन् । विदेशियका यूवाहरु घर आउन नपाएर छटपटिएका देखिन्छन । ती यूवाहरु फर्केपछि वेरोजगार त हुन्छन् नै । नेपालमा भैरहेका यूवाहरुलाई रोजगार दिन नसकिरहेको अवस्थामा विदेशबाट समेत थपिए पछि वेरोजगारको स्थिति कस्तो होला, कल्पना पनि गर्न सकिन्न ।

विदेश जान नपाएका यूवाहरुले उत्पादन गरेका कृषिजन्य बस्तुहरु बिक्री गर्न सकेका छैनन । अन्य निकासी हुने ठाउँ पनि देखिएको छैन । भारतबाट आउने फलफुल र तरकारीले नेपाली बजार मुल्य तहसनहस बनाई दिएका छन । किनभने, भारतमा हरेक वस्तुहरु व्यवसायिक ढंगबाट उत्पादन गरेका छन्, त्यसैले नेपाल भन्दा धेरै सस्तोछ । यसैले भारतीय कृषकहरु नेपाली बजारलाई प्रमुख बजार ठानेका छन् । त्यसैले, नेपाली कृषकको सानातिना उत्पादनले विश्वबजारसंग प्रतिस्पर्धा गर्न सक्ने सम्भावना छैन । तसर्थ, सरकारले नेपाली यूवाहरुलाई रोजगारको अवसर दिन कृषि प्रविधिको विकास गर्नु जरुरी छ । अन्यथा वेरोजगार समस्याले सरकारको टाउको दुखाई हुने टड्कारो देखिन्छ । यो पुरानो प्रविधिबाट नेपालले वेरोजगार यूवाहरुलाई तह लगाउन सक्ने छैन ।

४. कोरोना भाईरस नियन्त्रण, समाधान र रोजगारी ः
कोरोना भाईरस सहजताका साथ छिट्टै विश्ववाट हराउँछ भन्ने संकेत देखिएको छैन । यसो भएपछि सदासर्वदा नागरिकहरुलाई कोठामा थुनेर राख्ने सम्भावना पनि हुँदैन र यसरी समाधान हुनेपनि होईन । तसर्थ, कोरोना भाईरस कसरी सर्छ भन्नेकुरा आमजनतालाई जानकारी गराउने र सचेत गराउनु जरुरी छ । सरकारले चाहिं विश्वलाई कोरोनाबाट जोगाउन नाकाहरु बन्द गर्ने उपायहरुको अवलम्वनतिर लाग्नुपर्छ । आमजनता आफु कसरी सुरक्षित हुने भन्ने उपायको अवलम्वन गर्दै दिनचर्यालाई सहज बनाउनतिर लाग्नुपर्छ । र प्रमुख कारक तत्वहरुमा सरकारको निगरानी पनि रहनु पर्छ । यसो भएमा जनताको दिनचर्या सहज हुनसक्थ्यो कि ।

छिमेकी दुई विश्वका बल्क उत्पादकहरुसंग नेपालका उद्यमीहरुले प्रतिस्पर्धा गर्न सक्तैनन । यसले गर्दा नेपालका साना उद्यमीहरु र कृषकहरुको उत्पादनले बजार नपाएर थला पर्छन । यसो भएपछि छिमेकी उद्यमीहरुसंग प्रतिस्पर्धा गर्न नेपालका उद्यमीहरुले पनि मास प्रोडक्सन सुरु गर्नुपर्छ । र यसको बजार व्यवस्थातिर लाग्नुपर्ने हुन्छ । यसो गर्न तल उल्लेख गरे अनुसार सरकार, बैंक र उद्यमीहरु मिलेर अगाडि बढ्नुको विकल्प देखिदैन ।

त्यसैले यी सबै समस्याहरु समाधानका लागि नेपाल सरकारले व्यवसायिक खेतीको सुरुवात गराउनु पर्छ । र व्यवसायिक खेतीबाट हरेक उत्पादनहरु मास प्रोडक्सन सुरु गर्नुपर्छ । यसका लागि कृषि विज्ञहरुले कुन उत्पादनको लागि उपयूक्त छ भन्ने कुरा हरेक कृषि क्षेत्र जाँचगरी उपयुक्त कृषि उत्पादनका लागि सिफारिस गर्नुपर्छ । यसो भएपछि सबै कृषकले एकै खालको उत्पादन सुरु गर्नेछन्, यसले गर्दा मास प्रोडक्सन हुनेछ । यसपछि छिमेकी विश्वका कृषि उत्पादनहरुसंग प्रतिस्पर्धा गर्न सक्नेछन । यसैले बजार व्यवस्थाको लागि कृषकहरुकै बीचमा कृषि सहकारी गठन गरी उत्पादित वस्तु खरिदको व्यवस्था गर्नुपर्छ । कृषि सहकारीले प्रशोधन, प्याकिङ्ग र सप्लाईको काम गर्नेछ । यसो भएपछि विश्वभरि नेपाली उत्पादन पुग्न सक्नेछ । यसले गर्दा कृषकलाई बजारको चिन्ता नहुने, उत्पादनलाई मात्र ध्यानदिन पाउने छन् । कृषि सहकारीले बिक्रीबाट गरेको मुनाफा पनि कृषकले पाउन सक्ने छन ।

क) व्यवसायिक खेतीमा सरकारको दायीत्व ः
ड्ड सरकारले आफ्ना मातहतका कृषि विशेषज्ञहरुलाई हरेक कृषि क्षेत्रमा कुन खालको कृषि योग्य जमिन जाँच गर्न निशुल्क सेवा प्रदान गर्नुपर्छ ।
ड्ड त्यस कृषि क्षेत्रमा जतिसुकै उपभोक्ता भएपनि कृषि विशेषज्ञले सिफारिस गरेको कृषि उत्पादनमा लाग्न बाध्य हुनुपर्छ ।
ड्ड सरकारको तर्फबाट बिउबिजन र मलखादको व्यवस्थामा सहज र सहयोग पु¥याउनु पर्छ । अटेर गर्नेलाई सबै किसिमको सरकारी सुविधाहरु कटौती गर्नुपर्छ ।
ड्ड हरेक कृषि क्षेत्रमा एक कृषि सहकारी संस्था दर्ताको लागि सहयोग गर्नुपर्छ । र यसै कृषि सहकारीले आफ्नो क्षेत्रमा भएको कृषि उत्पादनहरु खरिदबिक्रीको व्यवस्था मिलाउनु पर्छ । र यसको वार्षिक साधारण सभा गरी हिसाब किताब पारदर्शी गर्नुपर्छ ।
ड्ड सरकारले हरेक कृषि सहकारी सँस्थाको अनुगमन तथा सुपरिवेक्षणको कडा निगरानी गर्नुपर्छ ।
ड्ड सरकारले सम्पुर्ण कृषि सहकारी संस्थाको वार्षिक बुलेटिन प्रकाशन गरी एकआपसको अनुभव आदानप्रदान गर्ने मौका दिनुपर्छ ।

ख) व्यवसायिक खेतीमा बैंकहरुको दायित्व ः
ड्ड बैंकहरुले ऋण आवश्यक पर्ने कृषकहरुलाई सहज तरिकावाट न्यूनव्याजमा ऋण उपलब्ध गराउनु पर्छ ।
ड्ड बैंकले कृषि सहकारी सँस्थालाई पनि आवश्यक परेमा सहज तरिकावाट ऋण उपलब्ध गराउनु पर्छ ।
ड्ड हरेक कृषि सहकारी सँस्थालाई हिसाबकिताब राख्ने तरिका र बजार व्यवस्थामा बैंकले सहयोग पु¥याउनु पर्छ ।

ग) व्यवसायीक खेतीमा कृषकको दायित्वः
ड्ड हरेक क्षेत्रका कृषक विज्ञहरुले सिफारिस गरेको कृषिबाली लगाउन वाध्य हुनुपर्छ ।
ड्ड हरेक कृषकले आफ्नो उत्पादनहरु आफ्नै क्षेत्रको कृषि सहकारी सँस्थालाई बिक्री गर्नुपर्छ । अन्यत्र लैजान पाउने छैन ।
ड्ड हरेक कृषक सोही क्षेत्रको कृषि सहकारी सँस्थामा अनिवार्य आवध्द हुनुपर्छ ।

निष्कर्शः
यो लेख फ्रान्सको एल्जाशियन क्षेत्रको कृषि व्यवसाय र प्रविधिमा आधारित छ । यो प्रविधिले हरेक कृषिजन्य वस्तुको मास प्रोडक्सन हुने भएकोले प्रतिस्पर्धामा जान सक्नेछन । यसबाट वेरोजगारीको समस्या पनि समाधान हुनेछ । अहिले नेपालका कृषकहरु बजार नपाएर लगानी र परिश्रमको ज्याला नउठ्ने हुँदा आफ्ना उत्पादन विचौलियाको मुल्यमा बिक्री गर्न बाध्य छन । यसको लागि सरकारले गुरुयोजना बनाई केहि समय कडाईका साथ लागु गर्नुपर्छ ।

मिति २०७७।०१।२३

प्रतिक्रिया दिनुहोस्