| बुधबार, चैत्र २६, २०७६

editorial

अलग्गै फिभर क्लिनिकको खाँचो

विश्वभर महामारी बनेर फैलिरहेको कोरोना नजिकैको भारतसम्म आइपुगेको छ ।

नेपाल अहिलेसम्म ‘ग्रिनजोन’को रुपमा रहेको छ । मान्छेबाट मान्छेमा सर्ने भएकाले मान्छे(मान्छे बीच दुरी कायम गर्न, व्यक्तिगत सरसफाइ अपनाउन चौतर्फी सजगता अपनाइएको छ । यस सम्बन्धी सूचना सर्वसाधारणसम्म प्रबाह गर्न बिभिन्न माध्यम अपनाइएको छ ।

विदेशी तथा विदेश गएका नेपालीको प्रवेश रोक्न अन्तरदेशीय सीमामा कडाइ गरिएको छ । अन्तरदेशीय हवाइसेवा पनि बन्द गरिएको छ । सार्वनिक यातायात सेवा बन्द गरिएको छ । एउटा जिल्लाबाट अर्को जिल्लासम्म चल्ने यातायात सेवा समेत रोकिएको छ । सरकारी कार्यालयहरुमा पनि सार्वजनिक सेवा ठप्प पारिएको छ । सदरमुकाममा पनि अब बिस्तारै चहलपहल घट्दै गएको छ ।

यही अबस्था रहिरहेमा अब नेपाल ‘ग्रीन जोन’ नै रहिरहला भन्ने अपेक्षा गर्न सकिन्छ ।

जोरो खास रोग होइन, लक्षण मात्र हो । अहिले मौसम परिवर्तनको बेला भएकाले साबिककै झैँ रुघाजोरो फैलने बेला पनि छ । जसलाई असामान्य मान्न सकिदैन । तर कोरोनासँग मिल्दोजुल्दो रुघाखोकी र ज्वारोको लक्षण पहिचान गर्न स्वास्थ्य निकायले ज्वारो आएका बिरामीलाई अलग्गै राखेर उपचार गर्नु अपरिहार्य छ । अरु खालका बिरामीसंग मिसाएर चेकजाँच गर्दा उनीहरुमा पनि यो घातक रोग सनसक्ने हुँदा ज्वारोका बिरामीलाई अलग्गै वार्डमा राखी उपचार वुद्धिमानी हुन्छ । अथवा अलग्गै फिभर क्लिनिक चलाउनु वुद्धिमानी हुन्छ ।

सरकारी अस्पतालको हकमा मात्र होइन, यो सेवा निजी अस्पताल, क्लिनिक तथा मेडिकलहरुले पनि सञ्चालन गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्