| शुक्रबार, चैत्र २८, २०७६

editorial

बालबालिकाको रेखदेख पुगेन

केही दिनअघि गोरखाका आठ जना किशोरी कास्कीमा प्रहरीको फन्दामा परे । बेपरबाह हिडिरहेको अबस्थामा प्रहरीले पक्राउ गरी गोरखा प्रहरीलाई सुम्पेको छ ।

घरबाट छाडा तरिकाले हिडेका उनीहरुका अभिभावकमध्य एकजनाले खोजी गरिदिन प्रहरीमा जाहेरी गरेपछि प्रहरीले उनका एकजना किशोरी खोज्दा एकजना मात्र नभै उनीहरुको समूह नै फेला पारेको थियो ।

उनीहरुमध्य सबै विद्यार्थी हुन्, त्यो पनि आठ, नौ कक्षा पढ्ने । अहिले सबै विद्यालयमा बार्षिक परीक्षाको तयारी चलिरहेको छ । उनीहरु रात, साँझ चेपेर पढ्ने बेला भएको छ, तर यस्तो बेला घरका छोरी हरु बेपरबाह हिडिरहेका छन् । अभिभावकलाई पत्तो छ्रैन । आठ जना बालिकाहरु हराएका छन्, खोजी गरिदिन एकजनाको मात्र अनुरोध आउनु कति दुखद पक्ष छ । अरु अभिभावकचाहिँ आफ्नो छोरीको पर्बाह नगरी अरुको छोरीको चियोचर्चो गरिरहेका थिए कि, नत्र घरबाट छोरी हराएको किन थाहा छैन ? किन खोजतलास गर्दैनन् ?

अहिले बिग्रिएका छोरीहरुको भविष्य कस्तो बन्छ ? यस बारेमा किन चिन्ता छैन उनका अभिभावकलाई ? यो उमेरका छोरीहरुलाई अनुशासनमा राख्न अभिभावकले भित्रि मनदेखि नै चाहे भने कठिन होला तर असम्भव छैन । अनुशासनमा बाँधेर राख्ने कि नराख्ने भन्ने कुरा अभिभावकको हातमा छ ।

गोरखामा केटीहरु पनि छाडा भएर गाँजा, चुरोट, मादक पदार्थ सेवन गरी बरालिने क्रम बढिरहेको छ । यसले एक न एक दिन दुखद घटना निम्त्याउने छ । त्यतिबेला सुँक्क सुँक्क गरेर त्यो आँशुको कुनै अर्थ रहने छैन । त्यसैले अभिभावकले आफ्ना बालबच्चा हरपल कहाँ छन्, के गर्दैछन् ? किन गर्दैछन् सबै चियोचर्चो गर्नुपर्छ । रेखदेख गर्नुपर्छ । जो बालबच्चा डेर गरेर बसेका छन्, साथमा आमा, बा छ्रनन्, उनीहरुको अभिभावक को हो ? उनीहरुले रेखदेख गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्