| बुधबार, कार्तिक २७, २०७६

editorial

विदेश मोहका कारण युवा पलायन हुनु दुखद

अमेरिकाले डाइभर्सिटी भिसा(डिभी)का लागि दरखास्त खुला गरेपछि जिल्ला प्रशासन कार्यालय गोरखामा राहदानी बनाउने बढेका छन् । असोज १५ गते आवेदन खुलेको हो । यो अवधिसम्म नौसय जनाले राहदानीका लागि सिफारिस लगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यो समस्या गोरखाको मात्र होइन, सबै जिल्लाको हो ।

डिभी पर्नु जीवन सफल हुनुसँग दाँज्ने गर्छन् । युवा उमेरमा डिभी फर्म नभर्ने नेपाली प्राय थोरै होलान् । त्यसपछि अस्टूेलिया, यूरोप आदि देशका लागि मरिहत्ते गर्ने नेपाली कलिला युवाहरु छन् । अरु देशमा केही सिप नचलेपछि खाडी मुलुक रोज्न पुग्छन् ।

जोश, जाँगरले भरिएका सुकुमार युवाहरु यसरी विदेशिनु काल्पनिक होइन, बास्तविकता हो । हरेक गाउँ युवाबिहिन बन्दै गएको यथार्थ हो । यदि यो क्रम नरोकिने हो भने स्वदेशमा कस्ता जनशक्ति रहनेछन् ? अनि देशको विकास सम्भव छ ? यो अबस्था बारे नेपाली राजनीतिककर्मी अबुझ छैनन् । यो बास्तविकता छर्लङ्ग हुँदाहुँदै पनि नेपाली निर्णय स्थानमा रहेका नेताहरुले युवाहरुलाई स्वदेशमै राख्न पहल गरेका छैनन् । जोशिला, उत्साही युवाहरुलाई स्वेदशमै थेग्ने, उनीहरुलाई नेपालमै काम दिने, उनीहरुलाई स्वेदशमै बिजनेश दिने, उनीहरुको श्रम, सीप क्षमता, दक्षता स्वेदशमै खपत गर्ने अबस्था सिर्जना गर्नुपर्छ ।

नेपाललाई घृणा गरेर प्राय कोही विदेश गएका होइनन् । स्वदेशमा उपयुक्त वातावरण नदेखेर नै विदेशिएका हुन् । उनीहरुलाई स्वेदशमै राख्ने वातावरण बनाउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्