| आइतवार, मंसिर २९, २०७६

editorial

जिल्लाको यातायात सेवा ब्यबस्थित बनाऊ

हिन्दू नेपालीहरुको महान पर्व दशैं दिनहूँ नजिकिदै छ । काठमाडौंलगायत देशका बिभिन्न सहरमा रोजगारका लागि गएकाहरु, पढ्नका लागि गएकाहरु, व्यापार, बिजनेशका लागि गएकाहरु गाउँघर फर्कने क्रम सुरु भइसकेको छ ।

गाउँ फर्कने क्रममा भएको सवारी चापको बिषयमा राम्रै चर्चा हुन थालिसकेको छ । राजधानी जोड्ने राजमार्ग मात्र होइन, गाउँ जोड्ने ग्रामीण सडकमा पनि सवारी चाप बढिरहेको छ ।

मौसमले साथ नदिएर बाटोको दुर्दशा एकातिर छँदैछ, यात्रुको भीडमा लुटपाट, चोरी, पकेटमारी जस्ता खतरा पनि उत्तिकै छ । त्यतिमात्र होइन, कतिपय यातायात ब्यबसायी, यातायात मजदुरले सिट(टिकट) अभावको निहुँमा, गाडी चल्न नसक्ने आदि बहाना बनाएर भाडा बढाउन सक्ने, घुर्की देखाउने, कालोबजारी गर्न सक्ने सम्भावना छ । यो बेला प्रहरी, टूाफिक प्रहरीले शान्ति सुरक्षा ब्यबस्था मिलाएर सहज यात्राका लागि पहल गर्नुपर्छ । आवश्यक परे सुरक्षा समितिले सशस्त्र प्रहरीलाई पनि पनि यात्रुको सुरक्षित यात्राका लागि सहजीकरण गर्नुपर्ने हुनसक्छ ।
चाडबाड मनाउन गाउँ जाने यात्रुका लागि गाउँपालिका, नगरपालिका कार्यालयले आफ्नो क्षेत्रभित्रका कच्ची बाटोको पहिरो मर्मत सम्भार गरी सहज यात्राको वातावरण बनाउनु पर्छ । यतिबेला दैनिक उपभोग्य सामग्रीको ढुवानीका लागि पनि धेरै सवारी साधन चल्नुपर्ने छ । त्यसैले आफ्नो गाउँपालिकाबासीको सुविधाका लागि बाटो मर्मत सम्भारका लागि जोड दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्