| मङ्लबार, भदौ ३, २०७६

मर्जर अवसर हो, सफल बनाउनु कर्मचारीको जिम्मेवारी हो

वुद्धि मल्ल

अहिले नेपालको बैंकिङ्ग क्षेत्रमा मर्जर, बिग मर्जको बिषय निक्कै चर्चित बिषय बन्न पुगेको छ । २०७६÷७७ को मौद्रिक नीतिले बिग मर्जरलाई प्रोत्साहन गर्ने नीति लिएपछि अबको बैंकिङ्ग क्षेत्र कतातिर जान्छ भन्ने चांसोको बिषय बन्न पुगेको छ । नेपाल राष्टू बैंकले मौद्रिक नीति मार्फत बैंक तथा बित्तीय संस्थाहरु बिच मर्जरलाई प्रोत्साहन गर्नको लागि ल्याएको सहुलियतले कति आकर्षण गर्ला आगामि केहि महिनाभित्र नै थाहा हुनेछ ।
मर्जर सम्बन्धमा गरिएको अध्ययन अनुसार मर्जरलाई बिभिन्न तत्वहरुले असफल बनाउन सक्छ जसमध्ये निम्न तत्वहरु मर्जर असफलका कारक तत्वहरु हुन् ।
१. सम्मानजनक कर्मचारी मिलान नहुनु २. ठुलो र सानो संस्थाको भावना कायम रहनु ३. मर्जरको कम अनुभव हुनु ४. उचित रणनितिको अवलम्बन नहुनु ५. संस्कारमा फरक हुनु ६. उच्च ब्यवस्थापनको अनुगमन कमि नहुनु ७. यथेष्ट संचार संप्रेषण नहुनु ८. मर्जरपछि कम ध्यान हुनु ९. समस्या समाधानमा ढिलाई हुनु १०. ब्यवस्थापनको कमजोरी रहुनु आदि ।माथिका १० तत्वहरुमा मर्जर सफल हुनको लागि सम्मानपूर्वक कर्मचारी समायोजले सबैभन्दा ठुलो भूमिका खेल्छ । ५ फिट ५ इन्च रन मेशिन(सचिन तेण्डुल्कार पुस्तकका लेखकले त्यो नोकरहरुको पसिना नै हो जसले मालिकलाई स्मार्ट बनाउंछ भन्दै कर्मचारीहरुको महत्वमाथि प्रकाश पार्न खोजेका छन् ।
यस भनाईले उच्च ब्यवस्थापक तथा कर्मचारीहरु दुबै पक्षले एकदमै ध्यान दिएर आफ्नो जिम्मेवारी वहन गर्नुपर्छ, ब्यवस्थापनले कर्मचारीलाई सम्मानको दृष्टिले हेनुपर्छ भने कर्मचारीहरु पनि आफ्नो महत्वलाई कार्य सम्पादनबाट पुष्टि गर्नेतर्फ ध्यान दिनुपर्छ भन्ने दर्शाउंछ ।
शंका, उपशंका, डर, त्रास, तुलना, घमण्ड, हिनताबोध आदि तत्वहरुले गर्दा मर्जरमा कर्मचारीहरुमा समस्या देखिन सक्छ । कर्मचारीहरुले शंका तथा उपशंकाले सुन्दर भन्दा सुन्दर चिजलाई पनि एउटा सस्पेन्स थ्रिलर फिल्म हेरे जस्तै नतिजा के हुने हो भन्ने अन्यौलता सृजना गर्नसक्छ । कर्मचारीहरुमा आफ्ना सिनियर नजिक आउने बेत्तिकै गालि गर्न आएको हो कि जस्तो लाग्ने, सिनियरले मांयाले बोलाउंदा पनि थर्काएको जस्तो लाग्ने, सिनियरले छुट्टि माग्दा समेत दिनको लागि गाह्रो मान्ने तर सोहि संस्थाबाट आएको कर्मचारीलाई भने सहुलियत दिए जस्तो लाग्ने, जिम्मेवारी पनि अन्य संस्थाबाट आएकोलाई दिन गाहे मान्ने जस्ता सोचाईहरु आउन सक्छन् भने सामान्य कुराकानीमा ठुलो संस्थाको कर्मचारीहरुले हामीले यसरी काम गथ्र्याै भन्दा पनि घमण्ड ग¥यो जस्तो लाग्ने हुनसक्छ भने सानो संस्थाको कर्मचारीहरुको मनमा हामी सानो भन्ने हिनताबोधको भावना लिएमा उनीहरुले चाहेजस्तो कार्यसम्पादन गर्न नसकि कर्मचारीहरुमा द्वन्द्व सृजना हुने अवस्था आउनसक्छ ।
अहिलेको प्रतिस्पर्धात्मक युगमा प्रतिस्पर्धाले मानवलाई उत्कृष्ट प्राणि बनाएको छ तर, मानिसहरु प्रतिस्पर्धाको नाममा आफूलाई तुलना गरेर डिप्रेशनको शिकार बनिरहेका छन् । अमेरिकी मोटिभेशनल स्पिकर ईयान्ला भ्यान्जाटले भनेका छन् ः “तुलना आफूमाथि नै द्वन्द्व निम्त्याउने कार्य हो” । तुलनाले मानिसको खुशी खोस्ने काम गर्छ । बिशेष गरी मर्जरमा तुलनाले गर्दा कर्मचारीहरुमा द्वन्द्व सृजना हुन सक्ने अवस्था आंउछ । यो द्वन्द्वको सृजना ठुलो, सानो, अनुभव, कार्य शैली, संस्कार, मान्यता आदिबाट सृजना हुनसक्छ ।
वास्तवमा तुलना आफैमा नराम्रो भने होईन । सकरात्मक तरिकाले परिवर्तनको लागि गरिएको तुलनाले एकदमै सकरात्मक र प्रभावकारी नतिजा ल्यांउछ । किनभने, तुलना आफैमा एक प्रकारको अनुसन्धान हो र यसबाट कुनै नयां आविष्कार हुन सक्छ जुन मर्जर पहिला उक्त कर्मचारीमा भएको थिएन । यसबाट कर्मचारीको क्षमताको सहि सदुपयोग हुनसक्छ । भनिन्छ मानिसले तुलना अरुसंग होईन आफैसंग गर्नुपर्छ आफूले आफूलाई हिजोभन्दा आज सुधार भएको छ कि छैन भनेर तुलना गर्यो भने आवश्य पनि फलदायी हुन्छ ।
मानिसले नकारात्मक कुराहरुलाई चाँडै ग्रहण गर्दछ तर, सकारात्मक कुराहरु ग्रहण गर्न समय लाग्छ । मर्जरपछि बिभिन्न कर्मचारीहरु पेलानमा परेको, सरुवा भएको आदि इत्यादि कुराहरु बजारमा सुनिरहेका हुन्छन् तर, मर्जरको कारणले उसको ब्यावसयिक करिअर कति फराकिलो हुंदैछ भन्ने कुरामा ध्यान पुर्याउन सकिरहेको हुंदैन । १० वटा सकरात्मक अवसरहरु हुँदा हुँदै पनि एउटा चुनौतिको अगाडी घुँडा टेकिदिन्छन् ।
उदाहरणको लागि एउटा झिंगालाई उसको राम्रो कामको लागि मानिसले स्याबासी दियो भने शायद झिंगा मर्न सक्छ तर, त्यहि स्याबासी एउटा हात्तिलाई दियो मने शायद मानिसकै हातमा अथाह पिडा हुन सक्छ । मर्जरपछि कर्मचारीहरुले आफूलाई अपडेट गर्न सकेन भने झिंगा जस्तै हुन सक्छ तर, आफूलाई अपडेट गर्ने कर्मचारी हात्ती जस्तै बन्न सक्छ । त्यसैले हामीले आफूलाई समस्याभन्दा ठुलो बनाउने प्रयत्न गर्नुपर्छ । मर्जरमा आउने बिभिन्न खालका समस्यालाई सकरात्मक तरिकाले हटेर होईन डटेर मुकाविला गर्नुपर्छ ।
एउटा घना जंगलमा सैनिकहरु बाटोबाट ठुला मूढाहरु हटाउंदै थिए तर सकिरहेका थिएनन् । कमाण्डर सैनिकहरुलाई निर्देशन दिंदै थिए । यत्तिकैमा एकजना घोंडा सवार ब्यक्तिले उक्त दृश्य देखेपछि कमाण्डरलाई भनेः तपांई किन सैनिकहरुलाई सहयोग गर्नुहुंदैन तपांईले सहयोग गरे मूढा हट्न सक्छ तर, कमण्डरले जवाफ दिएः म कमाण्डर हुं । मेरो काम आदेश दिने हो । कमाण्डरको जवाफ सुनेपछि घोंडा सवार ब्यक्ति घोंडाबाट झरेर सैनिकहरुलाई सहयोग गरेर बाटोबाट मूढा हटाए र मुसुक्क हांस्दै कमाण्डर संग भनेः अर्काे पटक पनि यस्तै सहयोग परे सैनिकहरुलाई कमाण्डर ईन चिफ अर्थात राष्टूपति कहां पठाउनु । घोंडा सवार ब्यक्ति थिएः अमेरिकी पूर्व राष्टूपति जर्ज वासिङ्गटन ।
मर्जरमा जर्ज बासिङ्गटनले जस्तै बिना अहमता उच्च ब्यवस्थापन एवं अन्य कर्मचारीहरुले सहयोगि भूमिका खेल्न सक्यो भने मर्जर राम्रोसंग सफल हुन्छ । मर्जरले कर्मचारीहरुको कार्यक्षेत्रलाई बिस्तार बनाउने भएकोले आफ्नो भूमिका पनि बिस्तार गर्ने अवसर पाउंछन् ।
मनमा डर होईन काम गर्ने रहर ल्याउनुपर्छ, अरुलाई दोष दिने होईन लक्ष्यप्रति पूर्ण होश ल्याउनुपर्छ, आफूमा अहमता होईन काममा सक्षमता ल्याउनुपर्छ, मनमा शंका होईन मनलाई चङ्गा बनाउनुपर्छ । मनमा चिन्ता होईन करिअरमा नविनता ल्याउनुपर्छ । सकरात्मक तरिकाले सोंचौं मर्जर समस्या होईन अवसर हो, सफल बनाउनु कर्मचारीको जिम्मेवारी हो ।
लेखक मल्ल ओम डेभलपमेन्ट बैंक लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत हुन् ।

प्रतिक्रिया दिनुहोस्