| मङ्लबार, भदौ ३, २०७६

नियमित बजार अनुगमन गर

जब दशै, तिहार जस्ता ठूला चाड आउँछन्, बजार अनुगमनले तिब्रता पाउँछन् । ३६० दिन पर्बाह हुदैन, चाडबाडको पाँचदिन अनुगमनले तिब्रता पाउँछ ।
हालै उपभोक्ताको गुनासो बढेपछि अकस्मात चामलको अनुगमन भयो । अनुगमनको क्रममा प्लास्टिकको चामल हो कि भन्ने आशंका बढेको छ ।
नयाँबजारको एक सहकारी पसलबाट खरिद भएको सोनाशक्ति ब्राण्डको चामलप्रति आशंका बढेको हो । सो चामलको गुणस्तर परीक्षणका लागि गुणस्तर तथा नापतौल बिभाग पठाइएको छ ।
केही समयअघि बसपार्कको मिठाइपसलको मिठाइप्रति पनि गुनासो बढेको थियो ।
त्यतिबेला पनि अनुगमन समितिले अनुगमन गरी गुणस्तर जाँचका लागि गुणस्तर बिभाग पठाइएको थियो ।
गुनासो बढेपछि अकस्मात अनुगमन गर्नुभन्दा बेलाबेला अनुगमन गरिरहनु पर्छ । जसले गर्दा उपभोक्ता ठगिने अबस्था पनि आउँदैन, गुणस्तरहीन खाद्यपदार्थ उत्पादन गर्ने, बिक्री गर्नेहरु पनि निरुत्साहित हुनेछन् ।
गुणस्तरहीन प्रमाणित गरेर मात्र उपभोक्तामाथि न्याय हुदैन । त्यस्ता सामानको उत्पादन तथा विक्री बितरण गर्नेहरुलाई उचित कारबाही पनि गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्