| आइतवार, बैशाख १४, २०८२

गोरखाको कम्युनिष्ट आन्दोलनमा जगत बहादुर श्रेष्ठको भुमिका

श्रीनाथ अधिकारी गोरखा :  जगत बहादुर श्रेष्ठ पिता नरबहादुर श्रेष्ठ र आमा नन्द कुमारी श्रेष्ठको कोखबाट विक्रम सम्बत १९८६ कार्तीक २२ गते गोरखाको जौवारी गाँउमा जन्मनु भएको हो । उहाँको प्रारम्भिक शिक्षा दिक्षा लाङ्दीका रोहणीदेव भटृको घरमा गुरु विश्वनाथ सुवेदी बाट भएको हो । २००६÷०७ साल तिर बाट उहाँले घर छोडेर बहिर तिर लाग्न थाल्नु भयो । पहिला गोरखा बजार र पछि काठमाडौं । गोरखा बजार तिर भन्दा काठमाडौँ तिर उहाँको बसाई बढी भयो । उमेर छिप्पिदै गएको महशुष गरी पौढ स्कुलमा भर्ना हुनु भयो । त्यस स्कुलमा ने.क.पा संस्थापक महासचिव कं पुष्पलालका भाईहरु गौरीलाल, देवीलाल, विजयलालका साथै साधना र साहना प्रधानले पनि पढाउँथे । उनीहरुसँगको घुलमिलले गर्दा पुष्पलालको घरमा आवत–जावत वाक्लियो । पुरै परिवारसँग घनिष्ट सम्बन्ध हुन पुग्यो । उहाँको कम्युनिष्ट विचार प्रति झुकाव त यतै गोरखा हुँदैमा थियो । उहाँको नाता सम्बन्ध बन्दीपुरमा थियो । तिनताक वन्दिपुरमा कम्युनिष्ट नेता कृष्ण लाल प्रधान चल्ता फुर्ता थिए । उनीहरुको प्रभाव जगतबहादुर लाई पनि परिसकेको थियो ।
कम्युनिष्ट विचार प्रतिको झुकाव र राजनितीक उत्सुकता एकातिर र अर्कातिर पार्टीका संस्थापक महासचिव लगायत परिवारसँगको घनिष्टताले गर्दा पढाईमा भन्दा राजनितिक क्रियाकलापमा बढी लगाव हुनथाल्यो । उहाँले २०१४ सालमा २८ वर्षको उमेरमा एस.एल.सी गर्नु भयो । तिनताक पार्टी प्रतिवन्धित थियो । विधार्थी र किसान संगठनका नाम बाट पार्टी विचार हरु बढी प्रचार÷प्रसार हुने गर्दथे । अखिल नेपाल किसाल संघले किसान आन्दोलन संगठीत गर्र्दथ्यो । अन्य पार्टीको विधार्थी संगठन थिएन त्यसवेला २०११ साल पार्टी नेता पुण्य प्रताव राणाकोे हातबाट कम्युनिष्ट पार्टीको सदस्यता लिनु भयो उहाँले काठमाडौँ बाट ।
काठमाडौँको बसाईमा राजनितिक चेतना बढ्दै जाँदा आफ्नो गाउँ ठाउँ गोरखामा पनि राजनैतीक चेतना फैलाउन पाए हुन्थयो, संगठन बनाउन पाए हुन्थ्यो भन्ने सोच्न थाल्नु भएको बुझिन्छ । २०१० साल तिर उहाँ गोरखा आएर गोरखा बजारका चिनजानका साथीहरु लक्ष्मण बाबु श्रेष्ठ, कृष्ण प्यारा श्रेष्ठ , सुर्यबहादुर मास्के आदी युवा संग मिलेर उत्तरी गोरखाको स्वाँरा गाउँमा अखिल नेपाल विधार्थी फेडरेशन गोरखाको जिल्ला अधिवेशनको अगुवाई गर्नु भयो । गोरखामा विधार्थी संगठनको पहिलो इकाई भने शक्ति हाई स्कुललाई आधार बनाई २००८ साल तिरै काठमाडौं बाट संगठनको कामका खटिदै आएका
अरावन्द नाथ रिमाल र रामचन्द्र शर्मा दुई विधार्थी नेताहरुले गोरखाबाट पाटे चौरका सुर्य
बहादुर मास्केको घरमा बैकुण्ठ कटृेल, गोरखा बजार का युवा विधार्थीहरु लक्ष्मण बावु श्रेष्ठ,
कृष्ण प्यारा श्रेष्ठ, राम लाल श्रेष्ठ र शक्ति हाईस्कुलका यमुना प्रसाद न्यौपाने लगायत अरु
८÷१० जना विधार्थीको सहभागितामा अखिल नेपाल विधार्थी फेडेरेयन, गोरखा गठन गरेका
थिए । स्वाराको अधिवेशनको लगत्तै पछि जगतबहादुर श्रेष्ठको विशेष पहलकदमीमा
काठमाडौँ बाट पुण्य प्रताप राणा र भैरव रिसाल गोरखा आएर आदर्श परोपकार स्कुल
जौवारीमा विधार्थी फेडेशन गठन गरेका थिए ।
गोरखामा कम्युनिष्ट पार्टीको स्थापना भने पुष्पकमल आँफै आएर गरेका हुन् ।
तिनताक बन्दीपुरमा कम्युनिष्ट पार्टी व्यवस्थीत थियो । पार्टी कामको सिलसिलामा पुष्प
लाल वन्दीपुर आइरहन्थे । बन्दीपुरको पार्टी मातहात संगठीत गोरखा विरेन्चोकका
वलबहादुर रानालाई साथमा लिएर पुष्पलाल श्रेष्ठ कृष्ण लाल प्रधान गोरखा कट्टेल डाँडामा
आई बैकुन्ठ नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी गोरखा स्थापना गरेका थिए । पार्टी प्रतिवन्धित
रहेकाले पार्टी संगठनका काम कार्वाहीहरु भ्ुामिगत, कार्यशैलीमा हुने गर्दथ्यो भन्ने बुझिन्छ
। पार्टी संगठन भुमिगत कार्यशैली अनुसार चल्ने भएकाले गाउँ गाउँमा संगठन गर्न गाह्रो
भयो । विधार्थी संगठनको पनि सिमित विद्यालय भएको अवस्थाले गर्दा संगठन त्यती
विस्तार हुने ठाउँ थिएन । त्यसैले किसान संगठनको आवश्यकता महशुस गरी २०१० या
२०११ सालमा पार्टी सचिव बैकुण्ठ कट्टेल कै अध्यक्षतामा अखिल नेपाल किसान संघ
गोरखा गठन गरिएको थियो ।
२०११ सालमा गोरखामा परेको अतिबृष्टिले ठुलो बाढी पहिरो लाग्यो बालीनाली
तहश नहश भयो । अनिकाल, भोकमरी लाग्यो । साहु सामन्त अन्न लुकाएर राखे । बाहिर
बाट अन्न ल्याउन सकिन्नथ्यो । किसान संघले साहु सामन्तले लुकाएर राखेको अन्न
भोकमरी किसानलाई बाढ्ने कार्यक्रम बनायो । गोरखा ठुलो आगनमा विशाल सभा
आयोजना गरियो ।पार्टीका माथिल्लो कमिटि र काठमाडौं मा अध्यनरत गोरखाका नेताहरु
प्नि आएँ । पार्टी नेताा हिक्मत सिं भण्डारी, कृष्ण लाल प्रधान, बैकुण्ठ कट्टेल, कदम
कुमार श्रेष्ठले भाषण गरे । नेताहरु लाई प्रशासनले पक्डीयो तर जनताले प्रशासनसँग लडे
झडप भयो । जनदवाका बलले नेताहरु छुटे । प्रशासन सँग किसान संघको कार्यक्रम बारे
सहमति पनि भयो । गाउँ गाउमा साहु सामन्तेले तिनका गोदाम÷ भकारीमा लुकाई
राखेका अन्न खोसी चलन चल्तीको भाउमा भोकमरी किसान हरुलाई किसान संघको
नेतृत्वमा वितरण गरिएको थियो । यो किसान आन्दोलन भकारी फोर आन्दोलनका नामले
चर्चित छ । यो आन्दोलनले गाउँमा किसान हरुमा पार्टी र संगठनको राम्रो प्रभाव प¥यो ।
संगठनका नेता कार्यकर्तामा पनि ठुलो उत्साह पैदा भयो । संगठन निमार्णको लागी व्यापक
आधार तयार भएर गयो ।
पार्टी प्रतिवन्ध हटेपछि २०१३ साल असारमा धुवाँकोट रात माटेमा जिल्ला पार्टीको
प्रथम भेला को आयोजना भयो । भेलाले जिल्ला पार्टी पुनगर्ठन ग¥यो । ईन्द्र दत्त पन्त पार्टी
सेक्रेटरीमा चयन गरीए । २०१५ सालको आम निर्वाचनमा पार्टिले गोरखा दक्षिण – क्षेत्र
नं.१०४ ) मा पार्टी केन्द्रीय सदस्य हिक्मत सिं भण्डारी र गोरखा उत्तर (क्ष.न. १०५) मा
जगत बहादुर श्रेष्ठलाई टिकट दियो । यसै बेला जगत बहादुर श्रेष्ठ काठमाडौँको पार्टीबाट
गोरखा सरुवा भै जिल्ला पार्टीमा जोडिनु भयो । गोरखामा चैत्र महिनामा चुनाव थियो ।
दक्षिणको चुनाव सकिए पछि उत्तर क्षेत्रको चुनाव भएको थियो । पुष्पलाल श्रेष्ठ जगत
बहादुर श्रेष्ठको क्षेत्रमा प्रचार–प्रसार पुरै अवधी बस्नु भयो । यस क्षेत्रमा कांग्रेसका कृष्ण
प्रसाद भट्राई उम्मेदवार थिए । गोरखाको दुवै क्षेत्रबाट गोरखा परिषदले चुनाव जित्यो ।
जगतकै क्षेत्रमा चुनाव जित्ने विश्वनाथ सुवेदी, जगत श्रेष्ठलाई प्रारम्भिक शिक्षा दिने उनै
विश्वनाथ हुन । दुवै क्षेत्रमा गरी करिव १६०० मत कम्युनिष्ट पार्टीले पाएको थियो । देश
व्यापी रुपमा चुनावी माहोल काँग्रेसको पक्षमा थियो । तर गोरखामा भने राणाहरुको पार्टी
गोरखा परिषदको विग विगी थियो । स्थानीय सामन्तहरु स्वतन्त्र उठेका थिए । २००७
सालको राजा विरोधी आन्दोलनमा गोरखा कब्जा गर्ने काँग्रेसका प्रमुख कमाण्डर राजेश्वर
देवकोटा काँग्रेस छोडेर अर्कै पार्टी बनाई उमेदवारी दिएका थिए । त्यसबेला गोरखामा प्राप्त
कम्युनिष्ट मत संघठन सुद्धढ गर्नका लागि पर्याप्त थियो भन्ने लाग्छ ।
चुनाव पछि गोरखामा कम्युनिष्ट आन्दोलन शिथिल भयो । जगत बहादुर गाउकै
स्कुलमा पढाउन लाग्नु भयो । र पछि आई ए अध्ययनका लागि काठमाडौँ जानु भयो । त्यतै
बाट ०१६÷०१७ साल तिर चितवन झर्नु भयो । बालकुमारी स्कुलमा शिक्षक हुनु भयो ।
मासिक रु १६५ तलवमा । तर दोश्रो महिनामै औलो उन्मुलन कोषका लागि भनेर ४०
कट्टी गरियो । चितवनमा त्यती बेला भएका ८५ वटै स्कुलका शिक्षकलाई उहाँले नारायण
गढमा भेला गरी आन्दोलनको नेतृत्व गर्नु भयो । चितवन झरे पछि गोरखाको पार्टी सँग
उहाँको सम्पर्क टुट्यो । व्यक्तिगत ढङ्गले गोरखा आवाई जाई गर्दा जौबारी , गोहोरे, ताकु
झ्याल्ला, आरु पोखरी का संगठन लाई भेट गरि राख्नु भयो । पालुङटारमा रामलाल श्रेष्ठ,
रणबहादुर आले, ओझराज भट्टराई र पिताम्बर जोशीलाई समावेश गरि पार्टी कमिटी गठन
गर्नु भयो ।
२०१९ साल पछि पार्टी गुट उपगुटमा विभाजित भई बहु केन्द्र बन्न गयो । २०२२
साल ताका मकवानपुरबाट बद्रीं खतिवडा आएर पार्टी कमिटि गठन गर्ने प्रस्ताव गरेका थिए
। पुण्य प्रताप राणा र जगतलाई । पुण्य प्रताप तयार भएनन उनि भित्र भित्रै पन्चायतमा
लागि सकेका रहेछन् त्यो पछि थाहा भयो । आनन्द देब भट्ट विरेन्द्र कलेजको प्रीन्सीपल
भएर चितवन आएपछि २०२४ सालमा नारायणी किनारमा मथुरा प्रसाद श्रेष्ठ, आनन्द देब
भटृ, गुण बहादुर गुरुङ्ग (घले ) र जगत बहादुर श्रेष्ठ भेला भई उहाँकै नेतृत्वमा पार्टी
कमिटि गठन भयो । पार्टी बहुकेन्द्रमा विभाजित भैराखेकोले त्यो कमिटि पछि जुन पार्टी सहि
लाग्छ त्यही पार्टीमा जोडीने उहाँहरुको बिचार थियो । कुनै केन्द्र अन्तरगत नरहेको हुनाले
यो कमिटिलाई केन्द्र बिहिन कमिटि ९ ल्यल ऋभलतभच न्चयगउ ० पनि भनियो । यो पार्टी
कमिटीमा पछि नरबहादुर खाँड, खम्बसिहं कुँवर र यमुना प्रसाद न्यौपाने पनि संगठित हुन
आउनु भयो । २०२८ सालमा केन्द्रीय न्युक्लस बनेपछि यो कमिटि केन्द्रीय न्युक्लसमा
जो्डीयो । २०३१ मा मोहन विक्रम सिह,ं निर्मल लामाको नेतृत्वमा भएको पार्टी महा
अधिवेशन ( चौँथो ) को राजनितिक लाईनमा काम गर्न थाल्नु भयो । २०३१ साल पछि
चौथो महा अधिवेशनले कम्युनिष्ट पार्टीको पुनरगठन अभियानलाई तिव्रता दियो ।
२०३५÷०३६ सालको विधार्थी आन्दोलन र जनमत संग्रहको घोषणाले देशमा केही खुकुलो
राजनिती बाताबरण ल्याएको बेला २०३६÷३७ सालतिर गण्डक ब्युरोको संगठन पुनर्गठन
योजनामा जगत बहादुर, ओम गुरुङ्गका साथ यस ब्युरो अन्तर्गतका जिल्लाहरुमा संगठन गर्न
आउनु भएको थियो । खास गरि गोरखा लमजुङ्ग क्षेत्रमा ।
२०३९ सालदेखी उहाँले नाराणगढ मिलन रोडमा मःम रेष्टुराँ खोल्नुभयो । सायद यो
पार्टीकै योजना बमोजीम थियो । २०३९ सालदेखी २०४७÷०४८ सालसम्म उहाँको त्यो
रेष्टुराँ पार्टीको सम्पर्क कार्यालय जस्तै लाग्दथ्यो । वास्तवमा त्यही थियो भन्ने लाग्छ । बडो
कुशलतापूर्वक पार्टी सम्पर्क कार्यालयको जिम्मेवारी निर्वाह गरेको मलाई त्यसैबेला अनुभुती
हुन्थ्यो । २०४० सालमा एकिकृत चौम फुट्यो । हामी भर्खर पार्टीमा सक्रियता पूर्वक काम
गर्न थालेका थियांै । उहाँले हामीलाई अर्थात गोरखा पार्टीमा काम गर्ने कार्यकर्तालाई
राजनितीक अभिभावकत्व दिनुभयो । लगतै २०४२ सालमा फेरी पार्टीमा विभाजन आयो ।
मोहन विक्रमले अलग पार्टी गठन गरे । फेरी हामीलाई उहाँको अबिभावकत्वको महशुस
भयो । यी दुबै फुट वा विभाजनमा गोरखाको कम्युनिष्ट आन्दोलनलाई बिभाजित हुनबाट
बचायौ भन्ने लाग्छ । त्यसमा एउटा उहाँको राजनैतीक अबिभावकत्व हो भन्ने मलाई अहिले
पनि लाग्छ । मैले २०५२ साल फागुन १ गतेबाट सुरु भएको जनयुद्धको १० बर्षको काल
खण्डमा गोरखा र चितवनको पटक पटक नेतृत्व गरेको थिएँ मैले । जनयुद्धका ति कठिन
अवश्थामा जगत बहादुर सँग हेट गर्ने चाजो पाँजो मिलाईन्थ्यो । उहाँसंग सामुयिक वा
व्यक्तिगत भेट मात्रैले पनि हामीलाई उत्साह र उर्जा मिली राख्दथ्यो । उमेरले उहाँ अहिले
८९ बर्षमा प्रवेश गर्नु भएको छ । उहाँ मेरो पिता भन्दा एक वर्ष जेठो हुनुहुन्छ । उहाँ
जन्मेको जौबारी र मेरो गाउँ लप्सीबोट डाँडा वारी र पारी पर्दछ । २०३५÷३६ सालबाट
उहाँको सबै परिवारसँग म घुलमिल हुदै आएको छु । मेरा परिवारका सबै सदष्य पनि
घुलमिल छन् । मेरो पिता माता दिबङ्गत भइ सक्नु भयो । यसर्थ पनि होला मैले उहँलाई
राजनैतीक÷ बैचारीक अभिभावकत्व यसै मान्दै आएको थिए नै । मैले पिताकै रुपमा लिन
पुगेको छु आजकल ।
उहाँको जिवन संगिनि नरदेबि श्रेष्ठ २०७२ साल श्रावण महिनामा बित्नुभयो ७९
वर्षको उमेरमा । अल्जाईमर (विर्सने रोग) बाट थला परेर । भ्याएर सकेसम्म उहाँ आफैले
सम्पुर्ण स्याहार संहार गर्नुहुन्थयो । उहाँका तिन छोरा छोरी छन् । सबै बाट नाती नातिना
भएका छन् । सामान्यतया हामीले हेर्दा बुझ्दा परिवारबाट सनतुष्ट नै देखिनु हुन्छ । उहाँको
परिवारका सदस्य हरु छोरा हरु र बुहारी हरु ज्यादैनै सरल र शिष्ट लाग्छन् ।
यद्यपी जगत बहादुर श्रेष्ठ सिङ्गो कम्युनिष्ट आन्दोलनकै धरोहर हुनुहुन्छ । उहाँ सिङ्गो
कम्युनिष्ट आन्दोलनकै जिवित ईतिहास हो । मैले यहाँ तोकिएको शिर्षक गोरखाको
कम्युनिष्ट आन्दोलनमा जगत बहादुर श्रेष्ठको भुमिका मा सिमति हुन परेकाले उहाँले
कम्युनिष्ट आन्दोलनमा निर्वाह गरेको भुमिकाको एउटा सानो अशं मात्र यहा उल्लेख गरेको
छु । ५० औ दशक यता गोरखामा कम्युनिष्ट आन्दोलनले निकै तिव्र बिकास गरेको हो र छ
पनि । दश बर्षको महान जनयुद्धमा उत्सर्गमै पुगेको थियो पनि तर पछिल्लो दशक यता
रुपमा त्यहा कम्युनिष्ट आन्दोलनको बर्चश्व देखिन्छ । तर वास्तवमा राष्ट्रिय रुपमा ठुला
भनिएका नेकपा (माओवादी केन्द्र र नेकपा (एमाले संसदबादमा पतन भएकाले गोरखामा
पनि त्यसैको जब्बर प्रभाव परेको छ । क्रान्तिकारी कम्युनिष्ट आन्दोलन गोरखामा सारमा
निकै कमजोर अवस्थामा गुज्री रहेको छ अहिले । सारत कम्युनिष्ट आन्दोलन बाटै बिचलित
पार्टीकै भ्रममा गोरखाली जनताहरु रहन विवश छन् अहिले । तर यो क्षणीक र अस्थाई
अवस्था हो । भ्रम चिरिदै जाने नै छ । विज्ञानको नियम त्यही नै हो । यसैले जिवनको
एकदम उतारार्धमा पुग्नु भएका आदरणीय बुवा हाम्रो पार्टी नेकपा (क्रान्तीकारी) माओवादी
का सम्मानीत केन्द्रीय सल्लाहकार कमरेड जगतबहादुर श्रेष्ठको सु–स्वास्थ्य दिर्घायुको
कामना गर्दै आगामी दिनमा पनि क्रान्तीकारी बिचार राजनीतीको आवश्यक
अबिभावकत्वको अपेक्षा राख्दै अहिले लाई यति नै ।
धन्यवाद /अभिवादन ।

लेखक अधिकारी बैद्य माओवादी पोलिटब्यूरो सदस्य हुन ।

प्रतिक्रिया दिनुहोस्